नेपाल धितोपत्र बोर्डले रोक्यो नेपाल लाईफको सेयर कारोवार
काठमाडौं–नेपाल धितोपत्र वोर्डले नेपाल लाइफ इन्सोरेन्सको सेयर कारोवार रोक्न निर्देशन दिएको छ । वोर्डले नेपाल स्टक एक्सचेन्जलाई शुक्रवार पत्र पठाएर सेयर कारोवार रोक्न निर्देशन दिएको हो । फरदर पब्लिक अफरिड (एफपिओ) जारी गर्ने विषयमा वोर्डमा आवेदन नदिई कम्पनीले सूचना जारी गरेको भन्दै सेयर करोवार रोक्न वोर्डले निर्देशन दिएको हो । वोर्डमा निवेदन नदिई पहिले नै सूचना प्रकाशित गर्दा बजार मुल्यमा चलखेल हुने र लगानीकर्ता ठगिन सक्ने भन्दै यस्तो निर्देशन दिएको वोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताएका छन् । नेपाल लाइफले प्रति कित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्ने जनाएको छ । १ सय अंकित दरका सेयरमा कम्पनीले २ हजार ८ सय ५१ रुपैयाँ प्रिमियम जोडेको हो । वोर्डले भने सो विषयमा अध्ययनपछि मात्र कोरोवार खुला गर्ने या नगर्ने निर्णय लिने जनाएको छ । वोर्डले नेप्सेलाई पठाएको पत्रमा आधिकारीक रुपमा मुल्य निर्धारण नगराई वजारलाई प्रभावित पार्ने हिसावले सूचना दिएको कारण कारोवार रोक्न निर्देशन दिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण