सुरुङ्गामा टिपरको ठक्करबाट बालकको मृत्यु
शनिबार, २९ जेठ २०७३, १७ : २९
झापा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा सडक–खण्डमा आज टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका– ८ निवासी प्रेमप्रसाद गिरीका ८ वर्षीय छोरा स्पर्श रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पैदल हिँडिरहेका बालकलाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ८६६१ नंको टिपरले ठक्कर दिएको बताइएको छ ।
टिपरको ठक्करबाट गम्भीर घाइते बनेका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित पूर्ण तुङ्ग बिर्तासिटी हस्पिटल पु¥याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकलाई ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण