मध्यरातमा बाढी बस्तीमा पस्यो
म्याग्दी–शनिबार राती भएको अविरल वर्षासंगै आएको बाढीले यहाँस्थित क्याम्पसचोक पुनः डुवानमा परेको छ । रातको १० बजेपछि झन्डै साढे १ घण्टासम्म भारी वर्षा हुँदा क्याम्पसमा बाढी पसेको थियो । बाढीका कारण ५० भन्दा धेरै घर प्रभावित बनेका छन भने कति क्षति भएको छ भन्ने एकिन गर्न सकिएको छैन । अविरल वर्षाले बेनीबजार भन्दा मािथ बाट आएको लेदो सहितको बाढी बस्तीमा पसेको हो । बाढी आएपछि क्याम्पसचोक २ फिट देखि ७ फिटसम्म डुवानमा परेको छ । गत वर्षपनि क्याम्पसचोकमा आएको बाढीले लाखौको क्षति बनाएको थियो । बाढी पसेपछि क्याम्पसचोकमा रहेको सुनचाँदी ढुकान, पुस्तक पसल, कस्मेटी पसल, फेन्सी, फ्रेस हाउस, शैलुन लगायतका पसलहरुमा क्षति पुगेको छ । यसैगरि सोही बाढीले कालीपुल क्षेत्रमा समेत क्षति पु¥याएको छ । भारी मात्रामा बर्षा हुँदा मंगलाघाट क्षेत्रमा समेत असर पुगेको छ । एक्कासी परेको वर्षाले जिल्लाका अन्य विभिन्न स्थानमा क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण