ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
आइतबार, ३० जेठ २०७३, १० : २५
लहान - पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित सडकमा गएराति ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ३२१६ नंको ट्रक आफै अनियन्त्रित भई साइकललाई ठक्कर दिँदा साइकलमा सवार नाम, थर र ठेगाना खुल्न नसकेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीलाई उपचारका लागि विराटनगरस्थित न्युरो पु¥याएकामा उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय, मिर्चैयाको नियन्त्रणमा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
-
मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण