सुनको मुल्यमा निरन्तर वृद्धि, तोलाको ५६ हजार ३ सय पुग्यो
सोमबार, ३१ जेठ २०७३, १६ : ०६
काठमाडौं–नेपाली बजारमा सुनको मुल्यमा निरन्तर वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मुल्य वृद्धिको असर नेपाली वजारमा समेत परेपछि सोमवार छापावाल सुनको मुल्य प्रतितोला ५६ हजार ३ सय पुगेको हो ।
अघिल्लो दिनको तुलनामा सोमवार प्रतितोला २ सय रुपैयाँ महंगोमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन प्रतितोला ५६ हजार ५० रुपैयाँ र असली चाँदी ७ सय ९० रुपैयाँमा कारोवार भैरहेको महासंघले जनाएको छ ।
आइतवार छापावाल सुन प्रतितोला ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सय ५० रुपैयाँमा कारोवार भएको थियो । गत साताको शुक्रवार छापावाल सुन प्रतितोला ५५ हजार ९ सय, तेजावी ५५ हजार ६ सय ५० र चाँदी ७ सय ८५ रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजार मुल्यमा आएको वृद्धिसंगै नेपाली वजारमा पनि गत विहीवारदेखि लगातार सुनको मुल्य वढ्दै गएको हो । बिहीवार प्रतितोला ४ सय रुपैयाँ वढेको सुन शुक्रवार ३ सय, आइतवार २ सय र सोमवार पनि २ सय रुपैयाँ वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण