शाहरुख–सलमानको इन्टरनेट रेकर्ड तोड्ने यो तस्बिर
शुक्रबार, १७ असार २०७३, १२ : ४७
काठमाडौं – बलिउडका सर्वाधिक चर्चित कलाकारमा शाहरुख खान र सलमान खानको लागि लगभग सँगै आउने गर्दछ । धेरै पहिलेदेखि मानिसहरुले उनीहरुबिच शीतयुद्ध चलिरहेको अनुमान गर्दै आएका छन् । तर, यी दुई कलाकार उनीहरुबीच ‘अल इज वेल’ भएको पुष्टि गर्न भने कहिले पछि पर्दैनन् । यी खानद्वय विगत केही समयदेखि निकै अत्मीय देखिएका छन् । उनीहरुको यो तस्बिरले पनि उनीहरु निकै राम्रो साथी भएको पुष्टि गर्न खोजिरहेको छ ।
एसआरके अर्थात शाहरुख खानले भर्खरै सलमान खानसँगको तस्बिर आफ्नो ट्विटरमा पोष्ट गरेका छन् । उक्त तस्बिरमा शाहरुखले सलमानसँग निकै कुल पारामा तस्बिर खिचाएका छन् । दुबै साइकलमा सवार छन् । साहरुख निलो जिन्स, गाढा खैरो आउटर, र सेतो सर्टमा चम्किरहेका छन् भने सलमानको मिलेको ज्यानमा गाढा निलो जिन्स र टिसर्ट निकै फिट देखिएको छ ।
सबैभन्दा अचम्मको कुरा के छ भने यी दुई कलाकार फोटोमा यति नजिक देखिएका छन् कि यस्तो लाग्छ उनीहरुबिच कहिले पनि केही विषयमा मनमुटाव भएकै छैन । शाहरुले ‘भाइ–भाइ, बाइक बाइकमा । प्रदुषणरहित । माइकललाल साइकललाल ’ भन्दै निकै रोमाञ्चक तरिकाले तस्बिर सेयर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोबीखोलामा हामफालेकी महिलाको शव शिक्षण अस्पतालमा, अझै खुलेन पहिचान
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण