पूर्वमन्त्री मानन्धरलाई श्रद्धाञ्जलि दिन खुलामञ्च पुगे प्रचण्ड
काठमाडौँ– सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको पार्थिव शरीरमा विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
खुलामञ्चमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सभामुख ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेल, नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका नेता वर्षमान पुन र सांसद श्याम श्रेष्ठ लगायत मधेसकेन्द्रित दलका नेताहरूले श्रद्धाञ्जलि अर्पण गरे ।
समाजवादी फोरम सल्लाहकार परिषद्का सभापति मानन्धरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि बिहान पार्टी कार्यालय तीनकुने र त्रिचन्द्र कलेजमा राखिएको थियो । स्व मानन्धरको आजै पशुपति आर्यघाटमा बौद्ध परम्परानुसार अन्त्येष्टि गरिने समाजवादी फोरमका महासचिव रणध्वज कन्दङ्वाले जानकारी दिए । मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी छन् । मानन्धर राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र नेपाल प्राध्यापक सङ्घका अध्यक्ष समेत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण