शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री

सांसदहरूलाई गृहमन्त्रीको प्रश्न :हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो ?
शुक्रबार, २६ असार २०८३, १६ : ०३
शुक्रबार, २६ असार २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि गणेश नेपालीको आत्मदाह प्रकरणमा सांसदहरूले उठाएको प्रश्नमा प्रतिप्रश्न गरेका छन् । शुक्रबारको संसद्‌मा गृहमन्त्रीले सांसदहरूलाई प्रश्न गर्दै भने, ‘तपाईँहरू हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो ?’ 

गणेश नेपालीले आत्मदाह प्रयास गरेपछि वीर अस्पतालमा गएर आफूले उपचारमा कुनै अभाव हुन नदिन लागिपरेको उल्लेख गर्दै उनले भने, ‘उहाँलाई सेफ ट्रान्सफर गर्न हामी रातभर लागिपरेका थियौँ ।’ 

भारतमा उपचारको लागी पठाउन धेरै मेहनत गरेको उनले बताए । आज पनि परिवारलाई सान्त्वना कसरी दिने भन्नेबारे गृहमा छलफल गरिरहेको उल्लेख गर्दै उनले भने, ‘मुखले बोलेर जनताको सेवा हुँदैन ।’ 

फिल्डमा गएर जनताको सेवा गर्नुपर्ने उल्लेख गर्दै गुरुङले भने, ‘मलाई स्टन्टबाजी गर्ने इच्छा छैन, देशको सेवा गर्न आएको हुँ ।’ 

गणेश नेपालीलाई उपचारको लागी भारत लैजान आफूहरूले अथक प्रयास गरेको गुरुङले बताए । उनले भने, ‘चिकित्सकहरूको सल्लाह अनुसार उहाँलाई भारत नलगिएको हो ।’ 

‘सरकार कसरी सञ्चालन हुन्छ भनेर म सिकाउन चाहन्छु’ उनले भने, ‘सरकार ३ तहको हुन्छ, जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले ह्वील लक लगाएको होइन, नगर प्रहरीले लगाएको हो ।’ स्थानीय सरकार कसकाे छ अहिले भनेर प्रश्न गर्दै सुधनले सोधे, ‘स्थानीय सरकार रास्वपाको छ ? प्रदेश सरकार कसकाे छ ?’ 

दुई तहको सरकार त प्रतिपक्षीहरूसँगै भएको उल्लेख गर्दै गुरुङले भने, ‘कालो सिसा लगाउन नपाइने कानुन हामीले कोरेको हो ? तपाईँहरूले कोरेको कानुन पालना गराएका हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप