शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
छानबिन समिति

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन

शुक्रबार, २६ असार २०८३, १६ : ०६
शुक्रबार, २६ असार २०८३

सारांश

  • गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
  • गृहमन्त्री सुधन गुरुङले उक्त समितिको नेतृत्व प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले गर्ने जानकारी दिएका छन् ।
  • यस घटनाको अनुसन्धानका लागि महानगर प्रहरी बलका तीन जना प्रहरीलाई नियन्त्रणमा लिइएको छ ।

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्री सुधन गुरुङले यो प्रकरणमा छानबिन गर्न नेपाल प्रहरीका डीआईजीको नेतृत्वमा समिति गठन गरेको जानकारी दिएका हुन् । 

गुरुङका अनुसार उक्त समितिमा डिआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । 

अहिलेसम्म उक्त घटनाका सम्बन्धमा सोधपुछ गर्न महानगर प्रहरी बलका तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप