‘संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन आवश्यक’ : कानुनमन्त्री खरेल
शनिबार, १८ असार २०७३, १५ : ३०
विराटनगर– कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेलले स्थानीय निकाय, प्रदेश र संसद्को निर्वाचन गराउन सरकार आवश्यक ऐन, कानुन निर्माण र संशोधनमा जुटेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन आवश्यक छ भने । नेकपा माओवादी केन्द्रसँग भएको नौबुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको बताउँदै उहाँले विस्तृत शान्ति सम्झौतानुसार द्वन्द्वकालीन मुद्दा टुङ्ग्याउन सरकारले विधेयक समेत तयार पारिसकेको र सो विधेयक चाँडै संसद्मा प्रस्तुत हुने जानकारी गराए ।
वार्ता र संवादका माध्यमबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जायज माग पूरा गर्न सरकार तयार रहेको बताउँदै मन्त्री खरेलले मोर्चालाई वार्तामा आउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण