मदन भण्डारी राजमार्ग पनि अवरुद्ध
शनिबार, १८ असार २०७३, १६ : ११
हेटौँडा– मदन भण्डारी राजमार्गमा पर्ने हेटौँडा–कुलेखानी सडक खण्डको सिस्नेरी–३ अमलडाँडामा आज बिहान परेको वर्षाले पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौं जाने यातायात सेवा ठप्प भएको छ ।
हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौं जाने सयौँ जिप, कार मिनीबस लगायत सवारीसाधन अब फाखेल सडकबाट चल्न थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकोछ ।
फाखेल सडकखण्डमा पर्ने कुलेखानी गाविस–८ सुकौराडाँडामा आज अपराह्न पहिरो जाँदा त्यहाँ पनि काठमाडौँ –हेटौँडा काठमाडौंतर्फको यातायात सेवा अपराह्न २ बजेदेखि अवरुद्ध भएको फाखेल प्रहरी चौकीले जनाएको छ ।
अहिले फाखेलको सुकौराडाँडामा हेटौँडा एवम् काठमाडौंबाट आएका करिब ६०० सवारी साधन अलपत्र परेको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष बद्रीप्रसाद चौलागाईँले जानकारी दिए ।
सिस्नेरी गाविसको अमलडाँडा एवम् कुलेखानी गाविसको सुकौराडाँडामा गएको पहिरो हटाउन अहिले प्राविधिक सहित डोजर त्यसतर्फ पठाइसकिएको छ । आज राति १० बजेदेखि नै सो अवरुद्ध यातायात सेवा चालु गर्ने लक्ष्य राखिएको मकवानपुरका प्रजिअ डा मानबहादुर विश्वकर्माले बतामए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण