नेष्डो नेपाल बेनी शाखाद्धारा सदस्यको मृत्युमा कर्जा मिनाहा
म्याग्दी–नेष्डने सुचना विभाग/ राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल वेनी शाखाले सदस्यको मृत्युमा कर्जा मिनाहा गरेको छ । वेनी शाखा अन्र्तगत दिपज्योती महिला स्वावलम्वन केन्द्र, केन्द्र नं. ८९ मा आबद्ध सदस्य सिता कार्कीको मृत्युमा श्रद्धान्जली कार्यक्रम गरि १५ हजार २ सय ३४ रुपैयाँ कर्जा मिनाह गरेको हो ।
साथै २ हजार ६५० रुपैयाँ क्रिया खर्च उपलब्ध गराएको छ भने निजको संस्थामा रहेको बचत ९ हजार ५९० रुपैयाँ हकवाला छोरा रमेश कार्कीलाई वेनी शाखाका प्रवन्धक रामचन्द्र गौतमले हस्तान्तरण गरे । कार्यक्रममा वोल्दै शाखा प्रवन्धक रामचन्द्र गौतमले विपन्न महिलाको सामाजिक प्रतिष्ठा अभिवृद्धि गर्नका लागि संस्थाले यस किसिमका औपचारीक श्रद्धान्जली कार्यक्रम आयोजना गर्दै संस्था सुखमा मात्र नभई दुखमा पनि साथ दिँदै आएको वताए ।
आर्कषक बचत योजना, सुविधाजनक कर्जा सेवा र कल्याणकारी सुविधाहरु नै नेष्डो नेपालको आर्कषण भएको बताउदै उनले विपन्न परिवारलाई सुत्केरी खर्च, क्रिया खर्च, छात्रवृत्ति, आवास मर्मत, उपचार खर्च लगायतका एक दर्जन कल्याणकारी सुविधाले नेष्डो नेपाल देशकै उत्कृष्ट विपन्नमुखी लघुवित्त संस्थाको रुपमा स्थापित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण