ढाकामा २० बिदेशी नागरिक मारिए
ढाका– बङ्गलादेशको राजधानी ढाकामा रहेको एक रेष्टुरेन्टबाट शनिबार बिहानीपख आतङ्ककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको ज्यान गएको छ ।
उनीहरुलाई आतङ्ककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना बिदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् ।
राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा जिहादीहरुले हमला गरी त्यहाँ रहेका विदेशी नागरिकलाई बन्धक बनाएका थिए । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका थिए ।
बङ्गलादेशी सेनाका एकजना जर्नेल सहाबुद्दिनले भनेका छन्– कब्जामा लिइएका २० विदेशी नागरिकलाई उनीहरुले हत्या गरेका छन् । क्षतिको पूरै विवरण आइसकेको छैन र हामी प्रयासरत छौँ ।
यस अघि ती विदेशीलाई छुटाउने क्रममा ढाका प्रहरी र सेनाको संयुक्त कारबाहीका क्रममा पाँचजना बन्दुकधारी पनि मारिएको जनाइएको थियो ।
प्रहरीका अनुसार सो रेष्टुरेन्टमा आतङ्कवादीले हमला गरेको जानकारी पाएपछि तत्कालै प्रहरी र सेनासहितको संयुक्त सुरक्षा फौज त्यहाँ पुगेको थियो ।
मारिनेमा इटाली र जापानका नागरिक धेरै परेको आशङ्का गरिएको छ । ती सैनिक जर्नेलले अझैपनि क्षतिको पूर्ण विवारण आउन नसकेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण