पहिलोपटक ६० वर्षमाथिका २५ ज्येष्ठ नागरिकलाई कम्प्युटर, मोबाइल चलाउन सिकाइने
काठमाडौँ– मुलुकमा पहिलोपटक ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकलाई प्राविधिक ज्ञानसहितको शिक्षा प्रदान गर्ने कार्यको थालनी गरिएको छ ।
ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था एजिङ नेपालले ज्येष्ठ नागरिकलाई लक्षित गरेर प्राविधिक ज्ञानसमेतको आधारभूत साक्षरता कार्यक्रम सुरु गरेको हो ।
साक्षरता कक्षाका लागि संयुक्त राष्ट्रसङ्घको ज्येष्ठ नागरिकका सम्बन्धमा काम गर्ने गैरसरकारी समितिले सहयोग पु¥याएको छ ।
छ महिने सो कक्षामा ६० वर्षमाथिका २५ जना ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ्का साथै कम्प्युटर, मोबाइल, फेसबुक र टेलिभिजनको रिमोट चलाउन समेत सिकाइनेछ ।
उक्त कक्षा बूढानीलकण्ठ नगरपालिका वडा नं १२ कपनस्थित अष्टभूजा समाजको परिसरमा सञ्चालन गरिएको छ ।
कक्षामा हजुरआमाहरुको सङ्ख्या उल्लेखनीय रहेको जनाइएको छ । यस्तो कार्यक्रम नेपालसहित माली, मोजाम्बिक र टोगो गरी विश्वका चार देशमा परिक्षणका रुपमा सञ्चालनमा ल्याइएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले समाजमा इतिहासका रुपमा रहेका ज्येष्ठ नागरिकलाई शिक्षा प्रदान गर्ने अभियान सुरु गरेर सो संस्थाले सरकारलाई यस क्षेत्रमा काम गर्न घचघच्याएको धारणा व्यक्त गरे ।
आयोजक संस्था एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले ज्येष्ठ नागरिकलाई शिक्षा प्रदान गर्ने विषयमा सरकारका विभिन्न निकायमा आफूले गरेको अनुरोधलाई बेवास्ता गरिएकाले विदेशीको सहयोग लिएर अभियान सुरु गरिएको जानकारी दिए ।
अष्टभूजा समाजका अध्यक्ष दीर्घबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय ज्येष्ठ नागरिक एकाइका प्रमुख मीरा शेरचनले ज्येष्ठ नागरिकलाई प्राविधिकसहितको शिक्षा दिने विषयमा कार्यक्रम बनाएर अघि बढ्न सोच्न बाध्य तुल्याएको विचार प्रकट गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण