फुपुको घरमा लगी राखेको अवस्थामा ९ वर्षीय महमदको सकुशल उद्दार
काठमाडौं– अभिभावकहरु काममा गएको अवस्थामा अपरिचित व्यक्तिहरुले शुक्रबार घरबाटै अपहरण गरी लगेका सुनसरी मधेली–८ मधेली बस्ने महमद जावुल मियाको छोरा ९ वर्षीय महमद दिलवर मियाको प्रहरीले सकुशल उद्दार गरेको छ ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटी गएको प्रहरीले खोजतलास गर्ने क्रममा सोनापुर–८ बस्ने १७ वर्षीय रिजवन अन्सारीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा अपहरण गरी भारत अररिया जिल्लाको फुल्काहामा रहेको फुपुको घरमा लगी राखेको बताएपछि भारतीय प्रहरीसँग समन्वय गरी बालकलाई शनिबार सकुशल उद्दार गरिएको हो ।
घटनामा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय अलाउदिन मिया हाल फरार रहेकोले प्रहरीबाट उनको खोजी तथा थप आवश्यक अनुसन्धान भइरहेको छ ।
बाँके : कोहलपुर नगरपालिका–११ मेडिकल कलेजको गेटबाट दाङ तुलसीपुर नगरपालिका–९ बस्ने ५ वर्षीय सुजन ओलीलाई अपरिचित पुरुषले शनिबार अपहरण गरी लगेको भन्ने खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित बसपार्क नजिकबाट बालकलाई सकुसल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । अपहरण गर्ने व्यक्ति महादेवपुरी–४ बस्ने अम्मर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण