काबुलमा १७ जना मारिए, बिहीबार ठूलो सङ्ख्यामा प्रहरीको हत्या
काबुल–अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा सुरक्षा फौजले गरेको कारबाहीमा परी शनिबार बिहान १७ जना तालिवान मारिएका छन् ।
उक्त प्रान्तको हिसाराक जिल्लामा शुक्रबार पनि आतङ्ककारी विरुद्ध अफगान सुरक्षाबलको कारबाहीका क्रममा ३३ जना भन्दा बढी आतङ्ककारी मारिएको जनाइएको थियो ।
सो जिल्लाको आसपासमा शनिबार बिहान पनि सुरक्षा फौजले कारबाहीको प्रक्रिया निरन्तर गरेको बताइएको थियो । यस कारबाहीमा परी शनिबार बिहान १७ जना तालिवान लडाकू मारिएका जनाइएको हो ।
यस कारबाहीमा दर्जनौँ आतङ्ककारी घाइते भएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । त्यस क्षेत्रमा विगतका केही दिनदेखि तालिवानका क्रियाकलापहरुमा बृद्धि भएको महसुश गरी कारबाहीलाई थप तिब्र पारिएको बताइएको छ ।
यस कारबाहीको विषयलाई लिएर तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । तालिवानाले बिहीबारमात्र पनि ठूलो सङ्ख्यामा प्रहरीको हत्या गरेका छन् ।
उनीहरुले पछिल्लो समयमा सर्वसाधारणमाथि क्रुर तरिकाबाट हमला गर्ने गरेका छन् । हमलामा परी कैयौंले ज्यान गुमाएका छन् । उता सुरक्षाकर्मीहरुले पनि उनीहरुका विरुद्धमा कारबाही जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण