नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकको थुनछेक आदेश
चितवन -नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अध्ययन गरेको अभियोगमा यहाँ पक्राउ परेका तीनजना चिकित्सकको थुनछेक आदेश भएको छ ।
सरकारी जागिरे भएकाले दुई जनालाई अख्तियारले छुट्टै अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीको जिम्मा लगाइएको छ भने एकजना धरौटी बुझाएर छुटेका छन् ।
जिल्ला अदालत चितवनले दिएको जानकारीअनुसार सुनिल आचार्य र रजनी अग्रवाललाई रु एक/एक लाख धरौटी माग गरिएको छ भने राजन पुरीलाई रु ५० हजार धरौटीमा रिहा गरिएको छ । आचार्य र अग्रवाल सरकारी जागिरे भएकाले उनीहरुमाथि अख्तियारको अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमा राखिएको हो ।
अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार आचार्यसँग रु २७ लाख, अग्रवालसँग रु १४ लाख र पुरीसँग रु तीन लाख ८५ हजार ५०० बिगो दाबी गरिएको छ । आजै पेस भएको सो मुद्दाका प्रतिवादीसँगको बयान समाप्त गरी आजै साँझ ७ :३० बजे मुद्दाको थुनछेक आदेश भएको हो ।
मुद्दाको थुनछेक आजै सक्नका लागि तीनजना न्यायाधीशको इजलाशमा मुद्दा बाँडफाँड गरिएको थियो ।
पक्राउ परेका तीनै जनालाई सरकारवादी ठगी मुद्दा बमोजिम पाँच वर्षसम्म कैद, बिगो र बिगो बमोजिमको जरिवानासम्मको कारबाही हुनसक्ने व्यवस्था छ ।
उनीहरुलाई गत असार ३ गते जिल्लाबाटै पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण