मोर्चाद्वारा संसद बैठक आज पनि अवरुद्ध
सोमबार, २० असार २०७३, १२ : ०७
काठमाडौँ - नेपालको संविधानप्रति फरक धारणा राखेर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि बहिष्कार गरेको छ ।
सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।
त्यसको लगत्तै सभामुख घर्तीले मोर्चा सांसद बृजेशकुमार गुप्ताले संविधानका अन्तर्वस्तुका विषयलाई लिएर मोर्चाले नौ महिनादेखि सडक आन्दोलन र अनसनमा रहँदा प्रमुख राजनीतिक दल र सरकारले बेवास्ता गरेको आरोप लगाए ।
आन्दोलनकारीका मागलाई सम्बोधन नगर्ने हो भने देश दुर्घटनामा जान सक्ने पक्षलाई हेक्का राख्न चेतावनी दिँदै उनले आन्दोलनकारी दलका कार्यकर्तालाई भड्काउने खेलमा सरकार उद्यत भएको भनी आलोचना गरे ।
मोर्चाले उठाएका माग पूरा नभएसम्म सदनको बैठक बहिष्कार गर्ने कार्य जारी रहने जानकारी दिँदै बैठकबाट उनीलगायत मोर्चासँग आबद्ध सांसदहरु बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण