रिलायबलले १० प्रतिशत बोनस शेयर दिने
काठमाडौ–रिलायबल डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७१/७२ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै, बोनस शेयर पश्चात १ः१ हकप्रद शेयर जारी गर्ने पनि जनाएको छ । बैंकको हालै सम्पन्न १० औ साधरणसभावाट यो प्रस्ताव पारित भएको हो । बैंकका अध्यक्ष राधेश्याम अग्रवालको अध्यक्षतामा सम्पन्न सभाले १९ प्रतिशत प्रोमोटर शेयरलाई साधारणमा परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय गरेको छ । बैंकको ०७३ असार १७ गतेसम्म निक्षेप ८ अर्ब १२ करोड र कर्जा लगानी ६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकले असार मसान्त भित्र तनहुँको डुम्रेमा शाखा सन्चालनमा ल्याउने समेत जनाएको छ । बैंकले सहायक संस्थाको रुपमा रिलायबल क्यापिटल समेत छिट्टै सन्चालन ल्याउनको लागि सबै तयारी भइरहेको जनाएको छ । बोनस पश्चात ७८ करोड चुक्ता पुँजी रहेको यस बैंकले अधिकृत पुँजी वृद्धि गरी ३ अअर्ब रुपैयाँ पुर्याउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण