नगरकोटमा दुर्लभ सालक फेला
नगरकोट– चाँगुनारायण नगरपालिकाको दुवाकोटस्थित सशस्त्र प्रहरी बलको गुहेश्वरी गणमा दुर्लभ स्तनधारी जनावर सालक फेला परेको छ ।
[caption id="attachment_12231" align="alignleft" width="840"] File Photo[/caption]शनिबार साँझ फेला परेको उक्त भाले सालकलाई सशस्त्र प्रहरीले आइतबार जिल्ला वन कार्यालय भक्तपुरलाई बुझाएको छ ।
कार्यालयले भने उक्त दुर्लभ चिनियाँ जातको सालक भक्तपुरको सूर्यविनायक नपा सिपाडोलस्थित तौडोल छाप सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको छ ।
वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले तौडोल छाप सामुदायिक वन सालकको प्राकृतिक बासस्थान रहेकाले उक्त समूहलाई सालक हस्तान्तरण गरिएको जानकारी दिए ।
उक्त सालकको गोलाइ ७१।५ सेन्टिमिटर र तौल ३।९९ किलोग्राम रहेको छ । जिल्ला वनले आइतबार समूहका कोषाध्यक्ष सञ्जीव थापालाई उक्त सालक हस्तान्तरण गरेको छ ।
उक्त सामुदायिक वनले दुर्लभ जनावर सालकको संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत सालकको प्राकृतिक बासस्थानको संरक्षणसँगै उक्त क्षेत्रमा सुरक्षा घेरा लगाइएको समूहका अध्यक्ष महेश्वर बोहराले जानकारी दिए ।
उनका अनुसार उक्त सामुदायिक वनमा अहिलेसम्म सातवटा सालक छाडिसकिएको छ । जिल्ला वन कार्यालयले हस्तान्तरण गरिएको सालक आइतबार सामुदायिक वनको सालक संरक्षित क्षेत्रमा छोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण