पढे नि साथसाथ मरे नि एकसाथः आतंककारीले छोडिदिएपनि तारिषीका लागि फराजले दिए ज्यान
मङ्गलबार, २१ असार २०७३, १० : ३१
ढाका हमलामा ज्यान गुमाउने भारतीय नागरिक तारिषी जैनका साथी फराजले जीवनको अन्तिम क्षणसम्म पनि साथी हुनुको कर्तव्य निभाए । तारिषी आतंककारी हमलाको क्रममा रेष्टुरेन्टमा आफ्ना दुई साथीहरु अंबिता कबिर र फराज हुसैनसँग त्यहीँ थिइन् । आतंककारीले फराजलाई बंगलादेशी भएका कारण छोडिदिएका थिए तर उनले तारिषीको साथ छोडेनन् ।
६ आतंककारीले यी तीनसहित २० विदेशीहरुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । तारिषी, अंबिता र फराज अमेरिकन स्कूलमा एक साथ पढ्दथे र उनीहरुको मृत्यु पनि एकै साथ भयो । रिपोर्टका अनुसार आतंककारीले फराजलाई रेष्टुरेन्टबाट जानको लागि आदेश दिएका थिए तर उनी आफ्ना साथीहरुलाई छोडेर जाने पक्षमा थिएनन् ।
आतंककारीले मानिसहरुलाई छानीछानी मारिरहेका थिए र उनीहरुले त्यहाँ उपस्थित सबैजनालाई कुरानको हरफ पढ्न दिइरहेका थिए । जसलाई कुरानका हरफ आउँथ्यो, उनीहरुलाई माफी दिइन्थ्यो तर जसलाई आउँदैनथ्यो उनीहरुको घाँटी काटेर हत्या गरिरहेका थिए ।
तारिषीका साथी फराजलाई पनि कुरानका हरफ आउँथ्यो । यदि उनी चाहन्थे भने आफ्नो ज्यान बचाउन सक्थे तर २० वर्षीय फराजले आफ्ना साथी तारिषी र अंबिताका लागि आफ्नो जीवन नै दाउमा लगाइदिए । आतंककारीले भारतका तारिषी र अमेरिकामा बस्ने अंबिता कबीरको हत्या गरिदिए त्यसपछि उनीहरुले फराजलाई पनि मारे ।
यो पनि पढ्नुहोस्:
अमेरिकाबाट छुट्टी लिएर बंगलादेश पुगेकी तारिषी संसारबाटै बिदा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण