भोटेकोसी नदी कटानले थप छ घर बगायो, ८७ जनाको उद्धार
बुधबार, २९ असार २०७३, २१ : ४३
चौतारा - भोटेकोसी नदीमा साताअघि आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविसमा मङ्गलबार बेलुकादेखि आज अपराह्नसम्म थप छ वटा पक्की घर बगाएको छ भने अलपत्र सात जनाको उद्धार गरिएको छ ।
बाढीले विस्थापित भई स्थानीय चौकीडाँडामा आश्रय लिएर बसेका महिला, बालबालिका र अशक्तसमेत सात जनालाई आज हेलिकप्टरमार्फत बाह्रबिसेमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिए ।
हेलिकप्टरद्वारा क्षतिग्रस्त माथिल्लो भोटेकोसी आयोजनाको निरीक्षण गर्न गएको टोलीलाई स्थानीय प्रशासनको आग्रहमा अलपत्र सात जनालाई उद्धार गरिएको हो । त्यहाँ रहेका करिब २०० जनामध्ये कतिपय त्यहाँबाट गइसकेका छन् भने पटक–पटक गरी ८७ जनाको उद्धार गरिसकेको र अझै करिब ३०÷४० जना रहेको प्रहरी उपरीक्षक केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण