२८० सांसदले हस्ताक्षर गरिसके : कांग्रेस-माओवादी
बुधबार, २९ असार २०७३, २२ : ०४
काठमाडौँ - नेपाली काँग्रेस र माओवादी केन्द्रले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेका अवस्थामा त्यसको टुङ्गो नलगाई व्यवस्थापिका–संसद्मा अन्य प्रस्तावमा छलफलको कार्यसूची नराख्न जोड दिएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठक स्थगनपछि पत्रकारसँग कुरा गर्दै काँग्रेस नेता विमलेन्द्र निधिले माओवादी केन्द्रले सरकार छाडिसकेका अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उपयुक्त हुने, यदि उनलाई विश्वासको मत लिने इच्छा भए, त्यस्तो प्रस्ताव ल्याउन सक्ने, अन्यथा अविश्वासको प्रस्तावलाई अगाडि बढाउनुपर्ने बताए ।
सत्ता पक्षले भने संसद्मा विचाराधीन बजेटसँग आश्रित अन्य विधेयक पारितको प्रक्रियालाई अघि बढाउन सभामुखलाई आग्रह गरेको थियो ।
यसैबीच काँग्रेस नेता निधिले आफूहरुको अविश्वासको प्रस्तावमा आन्दोलनरत मधेसी मोर्चासहित २८० सांसदले हस्ताक्षर गरिसकेको जानकारी दिए । अविश्वासको प्रस्ताव संसद्मा दर्ताका लागि संसद्मा कायम कुल सदस्य सङ्ख्याको एक तिहाइ आवश्यक पर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण