कान्टे लेस्टरसिटीबाट चेल्सीमा
लण्डन – चेल्सीले लेस्टर सिटीका मिडफिल्डर एनगोलो कान्टेलाई ५ वर्षका लागि अनुबन्ध गरेको छ । करिब ३० मिलियन पाउण्डमा चेल्सीले कान्टेलाई खरिद गरेको बताइएको छ ।
फ्रान्सका डिफेन्सिभ मिडफिल्डर गत वर्ष काएनबाट ६ मिलियन पाउण्डमा लेस्टर सिटी पुगेका थिए । जहाँ उनले क्लबका लागि ४० खेल खेल्दै प्रिमियर लिगको उपाधि हात पारे । २५ वर्षीय कान्टे युरो २०१६ को फाइनलसम्म पुग्ने फ्रान्सको टोलीका सदस्यसमेत थिए ।
‘युरोपकै ठूलो क्लबमा अनुबन्धन हुन पाउँदा निकै खुसी लागेको छ । मेरो सपना पूरा भएको छ,’ उनले भने ।
कान्टेले प्रशिक्षक एन्टोनियो कोन्टेको प्रशंसा गर्दै भने, ‘उनी उत्कृष्ट प्रशिक्षक हुन् । उनीसँग काम गर्न पाउने र विश्वकै उत्कृष्ट खेलाडीहरुसँगै खेल्न पाउने आवसरलाई नकार्न सकिन ।’
चेल्सीले यसअघि बेल्जियमका स्ट्राइकर मिची बात्सुययीलाई मार्सेबाट अनुबन्ध गरिसकेको छ ।
लेस्टरले कान्टेको स्तान्तरणमा क्लबका लागि अहिलेसम्मकै किर्तिमानी रकम प्राप्त गरेको जनाएको छ । ‘हामीले नयाँ र सुधारिएको करार प्रस्तुत गर्दा पनि एनगोलो चेल्सी जान इच्छुक भएको पायौं । हामी उनको उज्जवल भविष्यको कामना गर्दछौं,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अर्का विंगर रियाद महारेजले पनि क्लब छाड्ने चर्चा चलेको छ । यसअघि स्ट्राइकल जेमी भार्डीले आर्सनल जान अस्विकार गरेका थिए ।
यसैबीच, कोन्टेको नेतृत्वमा चेल्सीले खेलेको पहिलो खेलमा पराजयको सामना गर्नुपरेको छ । कोन्टेले जोन टेरी, ब्रानिस्लाभ इभानोविच, डिएगो कोस्टा लगायत सशक्त टोली मैदानमा उतारे पनि र्यापिड भिएनासँग मैत्रीपूर्ण २–० ले पराजित हुन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण