कश्मिरको हिंसा नियन्त्रणबाहिर : २६ वर्षपछि पहिलो पटक मिडियामा सेन्सरसिप
श्रीनगर – भारत नियन्त्रित कश्मिरमा जारी हिंसालाई नियन्त्रणमा लिनका लागि उक्त क्षेत्रका अखबारमा प्रतिबन्ध लगाइएको छ । प्रशासनले स्थानीय पत्रिकाको अफिसमा छापामा मारेर पत्रिकाका प्रतिहरु जफत गरेका छन् ।
पत्रिकामा सेन्सरसिप लगाएपछि स्थानीय पत्रकार तथा सञ्चारकर्मीले यसको विरोधमा प्रदर्शन समेत गरेका छन् । शुक्रबार राती प्रिन्टिङ प्रेसहरुमा समेत छापा मारिएको थियो ।
पछिल्लो पटक जारी हिंसामा कश्मिरमा मारिनेको संख्या ४३ पुगिसकेको छ । त्यस्तै १५ सय सुरक्षाकर्मी र ३१४० सर्वसाधारण घाइते भएको बताइएको छ ।
सन् १९९० पछि उक्त क्षेत्रमा पहिलो पटक मिडियामा सेन्सरसिप गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
उक्त क्षेत्रमा यसअघि नै मोबाइल, टेलिफोन र इन्टरनेट बन्द छ भने केबल लाइन पनि काटिएको छ ।
१० जिल्लामा कफ्र्यु
प्रदर्शन शुरु भएको आठौं दिनमा पनि कश्मिरमा हालत तनावपूर्ण रहेको छ । उक्त क्षेत्रका १० जिल्लामा अहिले पनि कफ्र्यु जारी छ । यसको बावजुद प्रदर्शनकारीले पाकिस्तानको झण्डा लिएर उक्त क्षेत्रमा प्रदर्शन गरिहेका छन् । भारतविरोधी नाराबाजी भइरहेको छ ।
कुपवाडामा प्रहरी चौकीमाथि प्रदर्शनकारीहरुले आक्रमण गरेका थिए । उनीहरुले पेट्रोल बम प्रहार गरेर प्रहरी चौकी जलाउने प्रयास गरेका थिए ।
बाँडीपोरमा पनि प्रहरी गार्ड रुममा आक्रमण भएको थियो । यसमा प्रहरी इन्सपेक्टरसहित चार प्रहरी घाइते भएका थिए ।
पाकिस्तानमा कालो दिन मनाइने
कश्मिरमा जारी हिंसाको विरोधमा पाकिस्तानमा जुलाई २० मा कालो दिन मनाउने भएको छ ।
शुक्रबार पाकिस्तानको संघीय क्याबिनेटले अलगाववादी नेता बुरहान बानीको हत्याको विरोधमा कालो दिन मनाउने फैसला गरेको थियो ।
सन् १९४७ अक्टोबर ३१ मा जवहरलाल नेहरुले कश्मिरमा जनमतसंग्रहको वाचा गरेर त्यसलाई हालसम्म पूरा नगरेकोमा भारत प्रशासित कश्मिरमा लामो समयदेखि सरकारप्रति असन्तुष्टि रहेको छ । त्यहाँको असन्तुष्टि दबाउन लामो समयदेखि ठूलो मात्रामा सैनिक परिचालित गरिँदै आइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण