सरकार परिवर्तनमा छिमेकी चलखेल : प्रम भन्छन्, ‘भारत’, भारत देखाउँछ चीन
काठमाडौं – गत असार ३० गते राजधानीको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट रुपमा आफ्नो सरकार ढाल्न भारत लागेको बताएका थिए । सरकार परिवर्तनमा विदेशी चलखेल भएको दाबी गर्दै उनले सरकार ढाल्न दक्षिणतिरबाट चलखेल भएको बताए ।
‘के भइरहेको छ भनेर भन्नै पर्दैन । सबै टुलुटुलु आँखाअघि देखिरहेको छ । सरकार परिवर्तनका मिटिङहरु आ–आफ्ना बीच भए ठीकै हुन्छ, स्वचालित भए पनि हुन्छ । तर ब्याट्रीबाट चल्ने खालको छ । यो देशका निम्ति दुःखको कुरा हो,’ सरकार परिवर्तनको खेलप्रति इंगित गर्दै उनले भनेका थिए ।
देशको कार्यकारी प्रमुखले नै आफूमाथि आरोप लगाएपछि भारतले पनि त्यसको प्रतिक्रिया जनाउँदै सरकार परिवर्तनको खेलमा आफू नभए चीन लागेको आरोप लगाएको छ ।
भारतीय सरकारले औपचारिक रुपमा यसको खण्डन नगरेपनि यस विषयमा भारतीय सञ्चारमाध्यम द हिन्दुले समाचार प्रकाशित गरेको छ ।
भारतीय सरकारको उच्च स्रोतको हवाला दिँदै अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि पनि ओली सरकार बचाउन चीन खुलेर लागेको आरोप लगाइएको छ । यसअघि वैशाखमा पनि सरकार परिवर्तनको कुरा चल्दा हिन्दुस्तान टाइम्समा पत्रकार प्रशान्त झाले एक रिपोर्ट प्रकाशित गरेर चिनियाँ चलखेलबारे समाचार प्रकाशित गरेका थिए ।
स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘ओली सरकारलाई अस्थिर बनाउनमा भारतको कुनै हात छैन । उनले काम गर्न सकेनन् र गठबन्धन भत्कियो । सदनमा अल्पमतमा परेर पनि सरकारमा बसिरहन खोज्नु अलोकतान्त्रिक छ । यसमा चीनले हस्तक्षेप गरिरहेको छ । सरकार बचाउनलाई खुलेर लागेको छ ।’
समाचारमा चिनियाँ राष्ट्रपति सि जिनपिङले चाँडै नेपाल भ्रमण गर्ने तयारी गरिरहेको बेला चीनले सरकारको विषयलाई हल गर्न खोजिरहेको जिकिर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण