‘गणतन्त्र स्मारक’ निर्माणमा ढिलाइ
काठमाडौँ - नारायणहिटी दरबार परिसरमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माणमा ढिलाइ भएको छ ।
सरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी ‘विकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चर (विकोइ विल्डर्स’ प्रालि, स्काइ विल्डर्स प्रालि र बङ्गलामुखी कन्स्टक्सन प्रालि) लाई तीन वर्षमा स्मारक निर्माण गर्ने जिम्मा दिइए पनि निर्धारित समयभन्दा एक वर्ष ढिलाइ हुन लागेको हो ।
कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले सरकारले निर्णय गरेर काम अगाडि बढाउन जिम्मा दिए पनि भूकम्प र नाकाबन्दीका कारण निर्धारित समयभन्दा एक वर्ष ढिला सम्पन्न हुन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्धारित समयमा काम गर्न नपाइएको, भूकम्प, नाकाबन्दी र बर्खाका कारणले गर्दा ढिला भएको हो, एक वर्ष ढिला भए पनि आगामी मङ्सिरमा सकिने गरी काम गर्दैछौँ ।”
स्मारक निर्माणको सुरुको समयमा १५० कामदारले काम गरे पनि पछिल्लो समय ५० जनाले मात्र काम गर्दै आइरहेका छन् । पैँतिस रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारकका लागि सुरुमा सरकारले रु ३४ करोड छुट्याए पनि खर्च बढेर रु ४० करोड पुग्ने अनुमान गरिएको श्रेष्ठले बताए ।
निर्देशक श्रेष्ठले भूकम्प, नाकाबन्दी र अवरोधका बीच पनि ८५ प्रतिशत काम भइसकेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण