सञ्चार मन्त्रालय रंगभेदी र साम्प्रदायीक भयो : मधेसी पत्रकार
काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले संवैधानिक व्यवस्थालाई वेवास्ता गर्दै रंगभेद र साम्प्रदायिकतालाई संस्थागत गरेको मधेसी पत्रकारहरुले आरोप लगाएका छन् ।
यस विषयमा पटक–पटक नेपाल पत्रकार महासंघमा ध्यानाकर्षण गराउँदा समेत नियुक्तिहरुमा मधेसी समुदायलाई उपेक्षित गरिएको उनीहरुले अरोप लगाएका हुन् ।
मधेसी पत्रकार संघ र मधेस मिडिया हाउसले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै सरकारको उक्त कदमको विरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मधेसी पत्रकारसँग हुँदै आएको रंगभेदका विरुद्ध मधेसकेन्द्रीत नेतृत्व र मधेसी अधिकारकर्मीहरुले सरोकार नराख्दा नेपाल सरकारको रंगभेदी नीति क्रमशः संस्थागत हुँदै गएको छ । राज्यको चौंथो अंगभित्र रहेको मधेस विरोधी नीति प्रति मधेसी नेतृत्वको मौनताले हामीलाई चिन्तित तुल्याएको छ ।’
विज्ञप्तिमा महासंघ र सरकार दुवैलाई सबै समूदायको साझा बन्न पहल गर्न आग्रह गरिएको छ । रंगभेद र साम्प्रदायिकताले राष्ट्रिय अखण्डतामा असर पर्ने भन्दै सम्बन्धित पक्षलाई जिम्मेवार बन्न आग्रह समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण