राजधानीको सडक : कालोपत्रे गरिएको एक महिनामै खाल्टाखुल्टी
काठमाडौँ - सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक विस्तार गरी कालोपत्रे गरिएको एक महिना पनि नपुग्दै खाल्टाखुल्टी भएपछि साउने झरीमा मर्मत सुरु भएको छ ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ ११/११ मि विस्तार गरी कालोपत्रे गरिएको एक महिनापछि सडकका ठाउँ ठाउँमा खाल्टाखुल्टी भएको स्थानीयवासीको गुनासो छ ।
निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा सडक बनाउनेबित्तिकै भत्किएको स्थानीयवासी राममणि न्यौपानेले बताए । “रु आठ करोड ५९ लाखको लागतमा कालोपत्रे गरिएको दुई किमी सडकमा सवारी चलाउनै मुस्किल हुने गरी खाल्टाखुल्टी भएको छ, सडक बिग्रिएको गुनासो गर्न जाँदा आयोजनाले ठेकेदारको प्रतिनिधि जस्तो गरी उसकै पक्षमा वकालत ग¥यो, यसैबाट स्पष्ट हुन्छ के कारण गुणस्तरीय सडक बनेन”–उनले भने ।
यो सडकको निर्माण ‘लामा बिल्डर्स, बिरुवा च्याङ्मिला जेभी’ले गरेको आयोजना प्रमुख मनोज श्रेष्ठले राससलाई जानकारी दिए । “सडकको केन्द्रमा बर्खे भेल कटाउन राखिएको ढलका कारण सडकमा खाल्टाखुल्टी भएछ, ढुङ्गेधारामा फोहर फालेकाले मूलको पानी सेतो पुलका दुवै भागमा गएर बिग्रिएछ”–उनले भने ।
साउने झरीमा खाल्टाखुल्टी भएको सडक मर्मत गराइरहनुभएका ठेकेदार कंका प्रतिनिधिद्वय बद्री खड्का र तुलसी वाग्लेले सडक गुणस्तरीय नबनाइएकाले एक महिना नपुग्दै भत्किएका विषयमा प्रतिक्रिया माग्दा केही नबोल्ने बताए ।
सो विषयमा ठेकेदार कम्पनीका कसैले कुनै प्रतिक्रिया नदिने उनीहरुको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण