१८ तलामाथिबाट ‘एलिभेटर’ खस्दा आठ जनाको मृत्यु
आइतबार, ०२ साउन २०७३, १७ : ४८
बेइजिङ् - पूर्वी चीनको लोङकाउ शरहमा निर्माणाधिन भवनको १८ तलामाथिबाट निर्माण प्रयोजनका लागि सामान ओसार्ने ‘एलिभेटर’ खस्दा आठ जनाको मृत्युभएको स्थानीय प्रशासनले बताएका छन् ।
साङदोङ प्रान्तको लोङकाउ शहरको सरकारी वेव साइटमा एलिभेटर १८औँ तलाबाट खसेको र उक्त समयमा कामदारका रुपमा ‘एलिभेटर’ मा रहेका आठ जनाको शुक्रबार मृत्यु भएको बताएको छ । अठार तलामाथिबाट खसेका उनीहरुलाई घाइते अवस्थामा उपचारका लागि अस्पताल पु¥याइएपनि गम्भीर चोटका कारण उपचारबाट जोगाउन नसकिएको प्रशासनले बताएको छ ।
चीनमा पछिल्ला वर्षहरुमा कामदारको सुरक्षाका लागि धेरै सुधारजन्य कार्यहरू भएपनि निर्माण नियम पालना नगर्दा कामदाररुको जीवन अझै जोखिमयुक्त रहेने गरेकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण