भारतमा घरेलु मदिरा सेवनबाट १७ जनाको मृत्यु
नयाँ दिल्ली - भारतको उत्तर प्रदेशमा घरेलु मदिरा पिउदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने अन्य १२ जनाको अस्पतालमा उपचार भईरहेको, भारतीय प्रहरीले जनाएको छ । उत्तर प्रदेशको इताह जिल्ला प्रहरी स्रोतका शुक्रबार राति मदिरा सेवन गरेका उनीहरूमा वान्ता हुने, पेट दुख्ने र दृष्टि धमिलो हुने लगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा केहीको मृत्यु भएको बताइएको छ भने १२ जना अस्पतालमा उपचाररत छन्, एक प्रहरीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए । उपचाररत केहीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ । प्रहरी अधिकारीले एक स्थानीय मदिरा बिक्रेतमलाई उक्त अपराधमा दोषी भएको आरोपमा शनिबार अबेर पक्रउ गरी मुद्दा दायर गरेको छ । मदिरा बिक्रताले आफ्नो अन्तिम ब्याचको उत्पादनमा रक्सी कडा पार्न बिषाक्त रसायन मिसाएको भनी स्थानीयले लगाएका आरोपपछि अनुसन्धान अघि बढाइएको छ । पछिल्लो यस घटनालाई लिएर मुख्यमन्त्री अखिलेश यादवले इताह जिल्लाका पाँचजना कर्मचारी र दुई प्रहरी अधिकारीलाई जिम्मेवारी पूरा नगरेको आरोपमा निलम्बन गरेका छन् । उनले घटनामा मृत्युभएका व्यक्तिका आफन्तजनलाई दुई लाख भारतीय रुपैंया राहत दिने घोषणा समेत गरेका छन् । भारतमा हरेक बर्ष घरेलु रक्सी सेवनबाट सयौं मानिसको अकालमा मृत्यु हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण