सातौँ राष्ट्रिय खेलकुदको तेस्रो पटक मिति घोषणा, अब मङ्सिरमा हुने
काठमाडौँ - दुई पटक मिति घोषणा भए पनि बजेटको समस्या र मधेस आन्दोलनका कारण स्थगित भएको सातौँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् राखेपको १०६औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति तोकेको हो ।
राखेप अध्यक्ष युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सातौँ राष्ट्रिय खेलकुद मङ्सिर ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए।
यसअघि पहिलो पटक सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गत वर्षको मङ्सिर ११ देखि १८ गतेसम्म हुने भनिएको थियो । दोस्रो पटक गत वर्षकै फागुन १८ देखि २३ गतेलाई तय भएको थियो ।
त्यस्तै बैठकले १३औँ दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि राखेपले तयारी डेस्क स्थापना गर्ने निर्णय गरेको छ । भारतमा गत फेब्रुअरी १६ तारिखमा सम्पन्न १२औँ सागको समापनका अवसरमा नेपाललाई १३औँ साग आयोजनाका लागि झन्डा हस्तान्तरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण