बेलायतमा नेपाली क्रिकेट टोलीको लगातार चौथो जित
काठमाडौँ, । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।
चार खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा नेपालले गएराति घरेलु टोली इस्टबोउर्ने क्रिकेट क्लबलाई १८१ रनको भारी अन्तरले हरायो ।
[caption id="attachment_64270" align="alignleft" width="840"] file photo[/caption]बेलायतको लण्डनस्थित द इस्टबोउर्ने साफरोन्स् स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा मात्र तीन विकेटको क्षतिमा ३०० रनको विशाल स्कोर बनायो । नेपालका लागि विनोद भण्डारीले अविजित रहँदै ७७ रन तथा ओपनर अनिल मण्डलले ७३ रन बनाए । त्यस्तै शरद भेषवाकर र अर्का अविजित राजु रिजालले ६० रन बनाएपछि नेपालको उच्च स्कोर बनेको हो । अर्का ओपनर सुवास खकुरेल भने मात्र छ रनमा पेवेलियन फर्किएका थिए ।
तीन सय एक रनको लक्ष्य पछ्याएको इस्ट बोउर्ने ३४।३ ओभरमै मात्र ११९ रन जोड्दै अलआउट भएको थियो । इस्ट बोउर्नेलाई लक्ष्यमा पुग्न नदिन नेपाली बलर सोमपाल कामीले तीन, वसन्त रेग्मी र सागर पुनले दुई/दुई तथा शक्ति गौचन र विक्रम सोबले एक÷एक विकेट लिएका थिए ।
आगामी महिना नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल मेरोलेबोन क्लबको निम्तोमा करिब एक सातादेखि बेलायतको भ्रमणमा रहेको छ ।
यसअघि भएका तीन वटै खेलमा जित निकाल्ने क्रममा नेपालले फ्रि–फोरेस्टर क्लबलाई १२९ रनको विशाल अन्तरले हराएको थियो भने इन्डियन जिमखानालाई २० रनले पाखा लगाएको थियो । त्यस्तै तेस्रो खेलमा क्लब क्रिकेट कन्फ्रेन्सलाई (सिसिसी) चार विकेटले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण