११ वर्षमा पहिलो पटक लेग स्पीनर टेस्ट र्याकिंङ्गमा पहिलो स्थानमा
लण्डन – इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनलाई विस्थापित गर्दै पाकिस्तानी लेगस्पिनर यासिर शाह टेस्ट क्रिकेटका नम्बर १ बलर बनेका छन् । सन् २००५ मा शेन वार्नपछि टेस्टमा नम्बर १ स्थानमा पुग्ने उनी पहिलो लेग स्पिनिर हुन् । यसअघि सन् १९९६ को डिसेम्बरमा पाकिस्तानी बलर मुस्ताक अहमद शीर्ष स्थानमा पुगेका थिए ।
लडर्समा इंग्ल्याण्डबिरुद्ध पहिलो टेस्टमा उत्कृष्ट प्रदर्शन गर्दै यासिरले पहिलो स्थान ओगट्न सफल भएका हुन् । पाकिस्तानले इंग्ल्याण्डलाई ७५ रनले पराजित गर्ने क्रममा उनले १४१ रन खर्चेर १० विकेट लिएका थिए । काँधमा चोटका कारण एन्डरसनले उक्त खेल गुमाएका थिए ।
१३ टेस्ट खेलबाट यासिरले ८६ विकेट लिएका छन् । उनीसँग सबैभन्दा चाँडो १०० विकेट लिने १२० वर्ष पूरानो किर्तिमान तोड्ने सम्भावना बाँकी रहेको छ । जर्ज लोहमानले सन् १८९६ मा १६ टेस्टमा उक्त कोशेढुंगा पार गरेका थिए ।
खेलअघि यासिर टेस्ट र्याकिंङ्गमा चौंथो स्थानमा थिए ।
पहिलो टेस्टको पहिलो इनिङमा ६ विकेट र दोस्रोमा ४ विकेट लिँदै उनी लर्डसमा १० विकेट लिने पहिलो लेग स्पीनर बनेका छन् ।
टेस्ट र्याकिंङ्गमा रविचन्द्र आश्विन दोस्रो स्थानमा रहेका छन् भने इंग्लिस बलर एन्डरसन र स्टुवार्ट बार्ड क्रमशः तेस्रो र चौंथो स्थानमा रहेका छन् । ब्याटसम्यानहरुमा अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथ नम्बर १ स्थानमा रहेका छन् भने न्युजिल्याण्डका कप्तान केन विलियमसन र दक्षिण अफ्रिकाका हासिम आमला क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण