नेप्से परिसूचक ४० अङ्कले वृद्धि
काठमाडौँ - धितोपत्र बजारमा आज नेप्से परिसूचक ४० अङ्कले वृद्धि भई एक हजार ७८६ बिन्दुमा पुगेको छ ।
कुल १३७ कम्पनीको रु एक अर्ब ९५ करोड ४१ लाख ७० हजार ७६१ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
दैनिक चार घन्टा कारोबार सुरु भएको आज दोस्रो दिन बिहान ११ बजेदेखि सुरु भएको बजार सदाझैँ ३ बजे बन्द हुँदा कुल २८ लाख ७० हजार ४९७ कित्ता सेयर बिक्री भएको छ ।
विभिन्न पाँच समूहको सेयर उकालो लागेकामा अर्को तीन वटा समूहको सेयर भने ओरालो लागेको छ । बैैंकिङ समूह २.५१, होटल ०.०६, जलविद्युत् ०.५५, बिमा ७.१३ र उत्पादन समूह १.७ प्रतिशतले बढेको छ भने विकास बैंक ०.१६, फाइनान्स ०.०३ र अन्य समूहको सुयर १.२९ प्रतिशतले घटेको छ ।
एक घन्टा कारोबारको समय बढाइएको भए पनि बजारमा आज खासै प्रभाव नपरेको स्टकका सहायक प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार थपिएको समयको प्रभाव बजारमा विस्तारै पर्दै जाने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण