बिहारमा नक्सलवादीहरुको हमलामा १० सुरक्षाकर्मीको मृत्यु
पटना – भारतको औरंगावाद–गया जिल्लाको सीमामा रहेको सोनदाहा जंगलमा सिआरपीएफ कमाण्डो र नक्सलवादी विद्रोहीबीच भएको दोहोरो भिडन्तमा १० सिआरपीएफ जवान तथा ६ बिद्रोहीको मृत्यु भएको छ ।
सोमबार दिउँसो नक्सलवादीहरुले ल्याण्ड माइन विस्फोट गराएका थिए । विस्फोटपछि उनीहरुको खोजीमा निस्केका कमाण्डो र नक्सलवादीबीच भिडन्त भएको थियो । भिडन्त राती २ बजेसम्म चलेको थियो ।
घटनामा घाइते भएका सुरक्षाकर्मीलाई राती नै हेलिकप्टरबाट उद्धार गरिएको थियो । उनीहरुलाई पटना लगेर अस्पतालमा भर्ती गरिएको थियो ।
एक हप्ताअघि मात्र नक्सलवादीहरुले औरंगावादका एसपी बाबुरामको हत्या गर्ने धम्की दिएका थिए । सोमबार दिउँसो उनीहरुलाई घेराबन्दी गर्न पुगेका सिआरपीएफ कमाण्डो पुगेको थियो । तर, त्यसबारे पहिलेनै सुइँको पाएपछि नक्सलवादीहरुले उनीहरुमाथि हमला गरेका थिए ।
डुमरी क्षेत्रमा नक्सलवादीहरुले ल्याण्ड माइन विस्फोट गर्दा ८ सुरक्षाकर्मीको मृत्यु भएको थियो । त्यसपछि दुवैपक्षबीच दोहोरो भिडन्त शुरु भएको बताइएको छ ।
नक्सलवादीहरु लुकेर बसेको सूचनाको आधारमा सीआरपीएफ कमाण्डो, औरंगाबाद प्रहरी र कोबरा २०५ का सयौं सुरक्षाकर्मीले यो अपरेशन संचालन गरेका थिए । अहिले पनि ५० देखि ६० जना सुरक्षाकर्मी जंगलमा फँसिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण