रियललाई पछि पार्दै गोमेजलाई बार्सिलोनाले अनुबन्ध गर्यो
शुक्रबार, ०७ साउन २०७३, ११ : २९
बार्सिलोना – चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोनाले पोर्चुगलका मिडफिल्डर आन्द्रे गोमेजलाई अनुबन्धन गर्ने भएको छ ।
अर्को स्पेनिस क्लब भ्यालेन्सियाबाट खेल्ने २२ वर्षीय गोमेज पोर्चुगलको युरो विजेता टोलीका महत्वपूर्ण सदस्य थिए ।
स्पेनिस मिडियाका अनुसार बार्सिलोनाले गोमेजलाई भित्र्याउन करिब ४५.८ मिलियन पाउण्ड खर्च गर्नुपर्नेछ ।
बेन्फिकाबाट भ्यालेन्सिया आएका गोमेजले क्लबबाट ७७ खेल खेलका छन् ।
गोमेजलाई किन्न रियलले पनि इच्छा देखाएको म्याड्रिडको पत्रिका एएसले जनाएको थियो ।
गोमेज यस सिजन बार्सिलोनाले किनेको चौंथो खेलाडी हुन् । बार्साले यसअघि डेनिस सुवारेज, स्यामुअल उमिटिटी र लुकास डिग्नेलाई अनुबन्ध गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण