पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड अवरुद्ध, स्थानीय त्रसित
गुल्मी -अविरल वर्षाका कारण गुल्मीको रिडी–तम्घास सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत दुविचौरस्थित भँगारीमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बुटवल र काठमाडौँका लागि छुटेका र सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन र सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् ।
अवरुद्ध सडक सञ्चालन गर्न डोजर परिचालन भइरहेको हुँदा सडक सञ्चालन हुन अझै केही समय लाग्ने जिल्ला ट्राफिक कार्यालय प्रमुख एवम् प्रहरी नायब निरीक्षक प्रेम श्रेष्ठले जानकारी दिए ।
अविरल वर्षाका कारण सडक बीच–बीचमा खसेको पहिरोका कारण रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डसमेत अवरुद्ध बनेको छ ।
यस्तै अविरल वर्षासँगै बढीघाट खोलामा आएको बाढीका कारण गुल्मीको जोहाङ गाविस–२ अन्तर्गत उर्लीखोला बजार पुनः जोखिममा परेको छ । गएरातिदेखि खोलामा आएको बाढीको बहाब बढ्दै जानथालेपछि बजार क्षेत्रका ६० घर उच्च जोखिममा रहेको स्थानीयवासी विष्णुमाया भण्डारीले बताए ।
बिहीबारदेखि निरन्तर रुपमा परेको वर्षाले बजार नजिकैको बडिघाट खोलाको सतह बढ्दै गएपछि सडकसमेत बगाउन थालेको बताइएको छ । खोला बढ्दै जानथालेपछि यतिबेला नदी किनारका बासिन्दा निकै त्रसित छन् ।
बडिघाटको जोखिममा रहेको उर्लीखोला बजार क्षेत्रको सिंङ्गो बस्ती पानी पर्नासाथ घर नै छोड्नुपर्ने बाध्यतामा छन् । बजारका अधिकांश घर बडीघाट खोलाबाट १० देखि १५ मिटरसम्मको दूरीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण