बनेपामा काँग्रेस सभापतिको सम्मेलन : ४०० प्रतिनिधिको सहभागिता रहने
शुक्रबार, ०७ साउन २०७३, ११ : ५१
बनेपा - काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक देशभरका नेपाली काँग्रेसका नगर सभापतिको सम्मेलन हुने भएको छ ।
आगामी असोज ३ र ४ गते हुने सो सम्मेलनमा २१९ नगर सभापतिसहित करिब ४०० प्रतिनिधिको सहभागिता रहने नेपाली काँग्रेस बनेपा नगर समितिद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगर सभापति राम जोशीले जानकारी दिए ।
उनले त्यसका लागि १८ लाख खर्च हुने अनुमान गर्दै केही रकम रजिष्ट्रेसनबाट र अन्य विभिन्न व्यक्ति वा सङ्घ, संस्थाबाट सहयोग लिएर जुटाइने बताए ।
नगर सभापतिलाई धुलिखेलमा बस्नका लागि प्रबन्ध गरिनेछ र ऐतिहासिक नगरी पनौतीलगायत पर्यटकीय क्षेत्रको भ्रमण गराइनेछ, सभापति जोशीले भने ।
सम्मेलनमा स्थानीय निर्वाचन, प्रादेशिक व्यवस्था, पार्टी सुदृढीकरणलगायतका एजेन्डामा छलफल हुनेछ । सम्मेलनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण