रुपन्देहीमा यसरी उद्दार गरियो बाढीमा फसेका ७ जनालाई
भैरहवा - बिहिबार रातीदेखि परेको अविरल बर्षाको कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । बर्षाको कारण भैरहवा, लगायत यस आसपास डुबानमा परेको छ ।
अविरल बर्षाको कारण रुपन्देहीको रोहिणी खोलामा बाढी आउँदा दर्जन बढी घर बगाएको छ । रुपन्देहीको पट्खौली र बसन्तपूर गाविसमा बाढीले धेरै नोक्सान गरेको छ । बाढीले पटखौलीको सुकुम्वासी बस्ती बगाएको छ । पट्खौली वडा नम्बर ५ मा रहेको १६ वटा घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए । उनले सो बस्तीका १५ जना बालबालिका सहित ६० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए ।
यसै गरि राती एक्कासी आएको बाढीमा बसन्तपुर गाविस वडा नं. ४ का पनि ४ वटा घरहरु बगाएको छ । एक्कासी टोलमा बाढी पसेपछि सो घरमा बस्ने ७ जना रातभरि रुखमा बसेर ज्यान जोगाएका थिए । बिहान पुगेको नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले उनीहरुको उद्दार गरेको छ ।
उद्दार गरिनेमा निरकेवल चमार, दुखी केवट, पूर्णवासी केवट, मात्रिका नाउ, सुनिता केवट, सामदुलारी केवट र कोल्यिा नाउँ रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण