एक करोडको बीउ निर्यात
डडेल्धुरा - विभिन्न हिउँदे र बर्खे बालीका रु करोडभन्दा बढीको बीउ जिल्लाबाट निर्यात गरिएको छ ।
कृषक सहकारी संस्था लिमिटेडले आव २०७२÷७३ मा एक लाख २१ हजार ९०९ मेट्रिक टन बीउ निर्यात गरेको हो । कृषक सहकारीले डडेल्धुरा र बैतडीका विभिन्न स्थानमा रहेका कृषक समूह गठन गरी उनीहरुले उत्पादन गरेको बीउ निर्यात गरेको हो ।
जिल्लाबाट अरुण २, रामपुर ‘क’ र मनकामना जातको मकैको बीउ, सिमी चौमासे, त्रिशूली, रामतोरिया, केराउ सिलो, स्थानीय जातको चम्सुर, मुला ४० दिने, मिर्नुअली, रायो खुमुल चोडा पात, खुमल रातो, माफचोडा पात, धनियाँ कलमी, ब्रोकाउली, गीनस्पटी, स्थानीय पालुङ्गो बीउ निर्यात गरिएको कृषक सहकारी संस्थाका अध्यक्ष धनबहादुर शाहीले बताए ।
विगत १०÷१२ वर्षदेखि डडेल्धुराका कृषकलाई कृषि उपज तथा बीउ उत्पादनमा प्रेरित गरी वार्षिक लाखाँै बराबरको बीउ तथा तरकारी निर्यात गर्दै आएको छ । यसवर्ष हिँउदे र बर्खेबाली गरी करिब रु एक करोड १० लाख बराबरको बीउ निर्यात गरिएको सहकारी संस्थाका प्रबन्धक चन्द्र ओझाले बताए ।
यसैगरी अरुण दुई मकै उत्पादन ५४ हजार ४२ क्विन्टल, रामपुर कम्पोजिट मकै २६ हजार २१६ क्विन्टल, मनकामन ३ मकै ६ हजार ४५ क्विन्टल, चौमासे सिमी बीउ १० हजार १२७ क्विन्टल, ४० दिने मुला एकहजार १४१ क्विन्टल, केराउ ६ हजार ४८ क्विन्टल, चमसुर एकहजार ३५१ क्विन्टल, मिनुअर्लि मुला २७० क्विन्टल, रायो ५५८ किलो, ब्रोकाउली १४९ क्विन्टल र पालुङ्गो १८६ किलो निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण