बहुविवाहको मुद्दामा दुई वर्षपछि पक्राउ परे मानन्धर
शुक्रबार, ०७ साउन २०७३, १५ : २१
बनेपा – काभ्रेपलाञ्चोकमा बहुविवाहको मुद्दामा अदालतबाट कैद सजाय भएर पनि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बहुविवाहको मुद्दामा झन्डै दुई वर्षअघि भक्तपुर जिल्ला अदालतले रु २५ हजार जरिवानासहित एक वर्ष ११ महिना ९ दिन कैद सजायको फैसला गरेपछि फरार रहेका धुलिखेल नगरपालिका–३ बस्ने ४५ वर्षीय चन्द्रबहादुर मानन्धरलाई धुलिखेलबाट नै प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
मानन्धरलाई अदालतले २०७० फागुन ५ गते जरिवानासहित कैदको सजाय सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण