गोलभेँडा खेतीप्रति युवा आकर्षण बढ्दै
ललितपुर - पछिल्लो समय गोलभेँडा खेतीप्रति युवा जमातको आकर्षण बढ्दै गएको छ ।
थोरै लगानीबाट मनग्य आम्दानी लिन सकिने भएकाले गोलभेँडा खेतीप्रति युवा आकर्षित भएका हुन् । खेती गर्न उनीहरूले भाडामा जग्गा लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । अन्य व्यवसायमा विभिन्न समस्या देखिएपछि युवाको यस व्यवसायप्रति लगाव बढेको हो ।
बज्रबाराही नगरपालिका– ८ का राधाकृष्ण महर्जन १० रोपनी जग्गा भाडामा लिएर पाँच वर्षदेखि गोलभेँडा खेती गर्दै आएका छन् । उक्त खेतीका लागि उनले १० वटा प्लास्टिकका टनेल निर्माण गरेका छन् । न्युनतम् चार मिटर चौडाई र १५ मिटर लम्बाइ रहेको टनेलमा गोलभेँडा खेती गर्दै आएको उनले दुईजना कामदार समेत राखेका छन् ।
“बजारको माग अनुरूप गोलभेँडाको उत्पादन गर्नुपर्ने हुन्छ,” उनले भने । मौसमीभन्दा बेमौसममा उत्पादन भएको गोलभेँडाले उचित मूल्य पाउने गरेको छ ।
यस्तै बज्रबाराही नगरपालिका– १३ का शिवराम थापा गोलभेँडा खेतीको आम्दानीले परिवारको गुजारा चलाउन सहज भएको बताउँछन्। “वैदेशिक रोजगारमा जानुभन्दा कृषि व्यवसायमा लाग्नु नै ठिक छ,” उनले भने । तरकारी सङ्कलन केन्द्रको स्थापना स्थानीय रूपमै हुनसके कृषकको मनोबल बढ्ने उनको भनाइ छ । उनले पाँच रोपनी जग्गा भाडामा लिएको र यसबाट आफ्नो आर्थिक अवस्थामा सुधार हुँदै गएको बताए ।
बज्रबाराही नगरपालिका–९ का बालकृष्ण श्रेष्ठ गोलभेँडा खेतीबाट घरखर्चको जोहो गर्न सहज हुने बताउँछन् । युवालक्षित स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयबाट गोलभेँंडा खेतीका लागि आवश्यक सहयोग प्राप्त भएको उनले बताए ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माले युवालाई गोलभेँंडा खेतीमा आकर्षणका लागि अनुदान दिने गरेको बताए । उनले गोलभेँंडा खेतीमा निर्माण हुने टनेलमा लाग्ने प्लास्टिकमा कार्यालयले सहयोग गर्ने गरेको बताए । उत्पादन गरेका कृषिजन्य बस्तुको बजार व्यवस्थापनका लागि कार्यालयले चाँपागाउँलगायत विभिन्न स्थानमा तरकारी सङ्कलन केन्द्रको स्थापना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण