नेपथ्यको नयाँ गीत ‘कोशीको पानी यो जीन्दगानी’ सार्वजनिक
काठमाडौं – नेपथ्य आफ्नो साँगीतिक यात्राको दसौं अल्बम को तयारीमा ब्यस्त छ । मुलुकका विभिन्न भाग घुमेर संकलन गरिएका केहि गीत र केहि परिचित कविहरुका सिर्जना यो एल्बममा अटाएका छन् ।
यसै क्रममा पूर्वी नेपालको संखुवासभाबाट संकलन गरिएको लोकलय ‘हाक्पारे’मा आधारित नेपथ्यको नयाँ गीत ‘कोशीको पानी यो जीन्दगानी’ यसै विज्ञप्तीका साथ सार्वजनिक गरिएको छ । पिता–पुर्खाका पालादेखि साँगीतिक अभ्यास गर्दैआएका चैनपुर निवासी वृद्ध डिल्ले दमाईका माध्यमबाट नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले यसको संकलन गरेका हुन्।
लामो अन्तरालपछि ‘वान टेक रेकर्डिङ’ प्रविधि अपनाइएको कारण पनि नेपथ्यको यो दसौं अल्बम संगीत पारखीका निम्ति विशेष रहनेछ । डिजिटल ट्र–याक रेकर्डिङ सुविधा आउनुअघिको यो प्रविधिमा गायक र वाद्यवादकले एकसाथ गाउँदा गाउँदै र बजाउँदा बजाउँदै एकैपटक रेकर्ड सम्पन्न गरिन्छ । यसरी रेकर्ड गर्दा अप्ठेरो पर्ने र तुलनात्मक कम सफा सुनिने भए पनि कृतिमतारहित अनि बढी जीवन्त आवाज श्रोतासम्म पुग्नेगर्छ । यो रेकर्ड नेपथ्यले पहिलोपटक ब्याण्डको आफ्नै अभ्यास कक्षमा गाएर गरेको हो।
‘दसौं अल्बमका अरु गीतहरु जस्तै प्रस्तुत हाक्पारेको पनि रेकर्डिङ यसै प्रविधिबाट सम्पन्न भएको हो,’ नेपथ्यको संयोजन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसमा प्रयोग गरिएको भिडियो भने गत वर्ष दुबईमा आयोजना भएको कन्सर्टका दृश्यहरुबाट तयार पारिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण