आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र गाँठोको गीतमा भिडियो बनाई १ लाख जित्न सकिने

शुक्रबार, ०७ साउन २०७३, १७ : ४७
शुक्रबार, ०७ साउन २०७३

काठमाडौं – सुरज भुषालद्वारा निर्देशित नयाँ चलचित्र ‘गाँठो’ को टाइटल गीत भिन्न ढंगले सार्वजनिक भएको छ ्र टाइटल गीत सार्वजनिकसंगै खुल्ला भिडियो प्रतियोगिताको आह्वान गरिएको छ अर्थात् जसले उक्त गीतमा सबै भन्दा राम्रो भिडियो बनाउँछ । उसलाई १ लाख नगदको पुरस्कार प्रदान गरिनेछ ।

इच्छुक व्यक्तिहरुले आफ्नो भिडियो [email protected] र  [email protected] मा पठाउन सक्नुहुनेछ ।

उक्त गीतमा अनुपम शर्माको शब्द र संगीत रहेको छ भने प्रसान्त शर्मा ढकाल र राजनीत बस्नेतको आवाज रहेको छ । चलचित्र ‘गाँठो’ लाई तिलकबहादुर क्षेत्रीले निर्माण गरेका हुन् भने यसमा नाजिर हुसैन र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

चलचित्र भाद्र २८ बाट प्रदर्शनीमा आउँदै छ ।

‘गाँठो’को टाइटल गीत यस्तो रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप