बिरोध र्यालीको क्रममा काबुलमा आत्मघाती हमला, ६१ को मृत्यु, २०० बढी घाइते
काबुल - अफगानिस्तानमा अल्पसंख्यक हजारा समुदायले गरेको प्रर्दशनका क्रममा शनिबार दुई आत्मघाती विस्फोट हुँदा कम्तिमा ६१ जनाको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् ।
अलजजिराका अनुसार इराकको इस्लामिक स्टेट र द लेभान्त (इएसआइएल) ले घटनाको जिम्मेवारी लिएको छ । इस्लामिक स्टेटका दुई लडाकुले आत्मघाती विस्फोट गराएको इस्लामिक स्टेटको वेभसाइटमा लेखिएको छ ।
यसअघि अफगानिस्तानका अधिकारीले २९ जनाको मृत्यु भएको र १४२ जना घाइते भएको जनाएको छ । त्यस्तै कति वटा बम विस्फोट भए भन्ने यकिन नभएको जनाइएको थियो ।
आफ्नो क्षेत्रमा ट्रान्समिसन लाइन नलगेको विरोधमा हजारा समुदायका जनता प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शन सकिने बेलामा देह मजाङ स्क्वेरमा विस्फोट गराइएको अलजजिराले लेखेको छ । हिजोमात्र सरकारले आतंकवादीहरुले हमला गर्ने सूचना प्राप्त भएको जनाइएको थियो ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शान्तिपूर्ण रुपमा जनताले प्रदर्शन गर्न पाउने अधिकार प्रयोग गरिरहँदा आतंकवादीहरुले आक्रमण गरेको बताए । उनले घटनामा आफू दुःखी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण