रोनाल्डोको नाममा गृहनगरमा विमानस्थल
मडेइरा – पोर्चुगललाई युरो २०१६ को उपाधि दिलाएका कप्तान क्रिस्टियानो रोनाल्डोलाई सम्मानस्वरुप गृहनगर मडेइरामा एक विमानस्थल उनको नाममा राखिने भएको छ ।
मडेइरा टापुमा रहेको मुख्य विमानस्थलको नाम ‘मडेइरा क्रिस्टियानो रोनाल्डो एयरपोर्ट’ भनेर नामाकरण गरिने भएको हो ।
त्यहाँ यसअघि नै रोनाल्डोको मुर्ती, उनको नामको संग्राहलय र होटल रहेको छ ।
गर्भनर मिगुएल अल्बुक्अरक्युले उक्त निर्णय गरिएको पुष्टि गरे ।
युरो २०१६ को फाइनलमा घाइते बनेका उनी हाल आरामका लागि इबिजामा रहेका छन् ।
यसैबीच, रियल म्याड्रिडका स्टार रोनाल्डोले आफ्नो होटल पैस्टाना सीआर–७ को उद्घाटन गरेका छन् रोनाल्डोले भनेका छन्, ‘अलि विचित्र लागिरहेको छ, मैले ३१ वर्षको उमेरमै होटल संचालक बन्छु भन्ने कल्पान गरेको थिइन् ।’ रोनाल्डोको दोस्रो सीआर–७ होटल सन् २०१६ मै लिस्बनमा संचालनमा आउँछ भने म्याड्रिड र न्युयोर्कमा समेत सन् २०१७ मा सो नामबाट खोल्ने योजना रहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण