शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकै दोस्रो महंगो खेलाडी बन्दै हिग्वाइन, म्याराडोना भने दुःखी

आइतबार, ०९ साउन २०७३, १० : १८
आइतबार, ०९ साउन २०७३

रोम – अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वाइन इटालियन क्लब नापोली छाडेर लिग च्याम्पियन युभेन्टससँग अनुबन्ध हुने चर्चा यतिबेला चलेको छ ।

९४ मिलियन युरोको हिग्वाइनको रिलिज क्लज मान्न युभेन्टस तयार भएको समाचारसँगै उनी युभेन्टस जाने पक्का भएको इटालीका स्थानीय अखबारहरुले जनाएको छ ।

यदी यो स्थानान्तरण सफल भए उनी विश्वकै दोस्रो महंगो खेलाडी बन्नेछन् । यसअघि सन् २०१३ मा रियल म्याड्रिडले गेराथ बेललाई किर्तिमानी १०० मिलियन युरोमा टोटनहम हटस्पर्सबाट भित्र्याएको थियो ।

२८ वर्षीय स्ट्राइकरले युभेन्टसको म्याड्रिडस्थित सेन्टरमा शनिबार मेडिकल परिक्षणसमेत गरिसकेको गोल डटकमले उल्लेख गरेको छ ।

यस विषयमा नापोलीलाई पूर्व खेलाडी तथा अर्जेन्टिनी ‘लिजेन्ड’ डिएगो म्याराडोनाले भने दुःख व्यक्त गरेका छन् । हिग्वानको स्थानान्तरणबारे समाजिक सञ्जालमा पोष्ट गर्दै उनले क्लब छाड्न लागेकोमा दुःख व्यक्त गरेका हुन् ।

गत सिजन क्लबका लागि सबैभन्दा धेरै गोल गरेका खेलाडीलाई क्लबले बेच्न लागेको भन्दै नापोलीका समर्थकहरुले क्लब अगाडि प्रदर्शन समेत गरेका छन् ।

युभेन्टसले पाउल पोग्बालाई किर्तिमान १२० मिलियन युरोमा म्यान्चेस्टर युनाइटेडलाई बेच्न लागेको खबरसँगै हिग्वाइनलाई किन्ने योजना सफल भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप