विश्वकै दोस्रो महंगो खेलाडी बन्दै हिग्वाइन, म्याराडोना भने दुःखी
रोम – अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वाइन इटालियन क्लब नापोली छाडेर लिग च्याम्पियन युभेन्टससँग अनुबन्ध हुने चर्चा यतिबेला चलेको छ ।
९४ मिलियन युरोको हिग्वाइनको रिलिज क्लज मान्न युभेन्टस तयार भएको समाचारसँगै उनी युभेन्टस जाने पक्का भएको इटालीका स्थानीय अखबारहरुले जनाएको छ ।
यदी यो स्थानान्तरण सफल भए उनी विश्वकै दोस्रो महंगो खेलाडी बन्नेछन् । यसअघि सन् २०१३ मा रियल म्याड्रिडले गेराथ बेललाई किर्तिमानी १०० मिलियन युरोमा टोटनहम हटस्पर्सबाट भित्र्याएको थियो ।
२८ वर्षीय स्ट्राइकरले युभेन्टसको म्याड्रिडस्थित सेन्टरमा शनिबार मेडिकल परिक्षणसमेत गरिसकेको गोल डटकमले उल्लेख गरेको छ ।
यस विषयमा नापोलीलाई पूर्व खेलाडी तथा अर्जेन्टिनी ‘लिजेन्ड’ डिएगो म्याराडोनाले भने दुःख व्यक्त गरेका छन् । हिग्वानको स्थानान्तरणबारे समाजिक सञ्जालमा पोष्ट गर्दै उनले क्लब छाड्न लागेकोमा दुःख व्यक्त गरेका हुन् ।
गत सिजन क्लबका लागि सबैभन्दा धेरै गोल गरेका खेलाडीलाई क्लबले बेच्न लागेको भन्दै नापोलीका समर्थकहरुले क्लब अगाडि प्रदर्शन समेत गरेका छन् ।
युभेन्टसले पाउल पोग्बालाई किर्तिमान १२० मिलियन युरोमा म्यान्चेस्टर युनाइटेडलाई बेच्न लागेको खबरसँगै हिग्वाइनलाई किन्ने योजना सफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण