१५० जना क्षमताको कारागारमा ३५६ जना कैदीबन्दी कोचाकोच
लहान - सिरहा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी कोचाकोच गरी राखिएपछि समस्या थपिएको छ ।
क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीलाई बस्न, सुत्न र शौचालयको समस्या थपिएको हो ।
विसं २०२८ मा बनेको यस कारागारमा १५० जना कैदीबन्दी राख्ने क्षमता भए पनि अहिले ३५६ जना कैदीबन्दी कोचाकोच गरी राखिएका छन् । विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाए पनि फरार भएकाहरुलाई पक्राउ गर्न प्रहरी खटिएपछि सङ्ख्या अझै बढ्दै गएको छ ।
हाल कारागारमा २१ महिलासहित ३५६ जना कैदीबन्दी रहेका छन्, कारागार प्रमुख शङ्करलाल कर्णले भने – “कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिनुपर्ने भएकाले व्यवस्थापनमा समस्या भएको छ ।”
कैदीबन्दी खचाखच भरिएकाले वर्षा र चर्को गर्मीका बेला कैदीबन्दीलाई सुत्न बस्न कठिनाइ हुने गरेको छ ।
पूर्वाधार र क्षमतामा सुधार नगरी कारागारमा कैदीबन्दी थपिने क्रम जारी रहेकाले कैदीबन्दीलाई पालोपालो सुत्नुपर्ने बाध्यता रहेको कारागारका कैदीबन्दीका मुख्य नाइके श्रीदेव कापरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण