आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

१५० जना क्षमताको कारागारमा ३५६ जना कैदीबन्दी कोचाकोच

आइतबार, ०९ साउन २०७३, ११ : ४६
आइतबार, ०९ साउन २०७३

लहान - सिरहा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी कोचाकोच गरी राखिएपछि समस्या थपिएको छ ।

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीलाई बस्न, सुत्न र शौचालयको समस्या थपिएको हो ।

विसं २०२८ मा बनेको यस कारागारमा १५० जना कैदीबन्दी राख्ने क्षमता भए पनि अहिले ३५६ जना कैदीबन्दी कोचाकोच गरी राखिएका छन् । विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाए पनि फरार भएकाहरुलाई पक्राउ गर्न प्रहरी खटिएपछि सङ्ख्या अझै बढ्दै गएको छ ।

हाल कारागारमा २१ महिलासहित ३५६ जना कैदीबन्दी रहेका छन्, कारागार प्रमुख शङ्करलाल कर्णले भने – “कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिनुपर्ने भएकाले व्यवस्थापनमा समस्या भएको छ ।”

कैदीबन्दी खचाखच भरिएकाले वर्षा र चर्को गर्मीका बेला कैदीबन्दीलाई सुत्न बस्न कठिनाइ हुने गरेको छ ।

पूर्वाधार र क्षमतामा सुधार नगरी कारागारमा कैदीबन्दी थपिने क्रम जारी रहेकाले कैदीबन्दीलाई पालोपालो सुत्नुपर्ने बाध्यता रहेको कारागारका कैदीबन्दीका मुख्य नाइके श्रीदेव कापरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप