पहिरोले पाइप बगाएपछि म्याग्दीमा खानेपानीको हाहाकार
म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँटमा पहिरोले खानेपानीको पाइप बगाएपछि खानेपानीको हाहाकार भएको छ ।
गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भिरबाट विगत छ दिनदेखि लगातार खसेको पहिरोका कारण बगरफाँटका बासिन्दा त्रसित बन्नुका साथै छ दिनदेखि खानेपानीको समस्याबाट समेत पीडित बनेका छन् ।
बगरफाँट र भकिम्लीको सिमानामा पर्ने दुधेखोलाको मुहानबाट पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका वगरफाँटका बासिन्दा पहिरोले पाइप बगाइदिएपछि पानीको जोहो गर्न कुवा र खोलामा धाउन बाध्य भएको स्थानीयवासी टीकाकुमारी घिमिरेले बताए ।
बगरफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वितरण गरिएको पानी पहिरोले पाइप बगाएपछि अवरुद्ध भएको र गाउँलेलाई समस्या भएको समितिका उपाध्यक्ष चन्द्रबहादुर घिमिरेले जानकारी दिए ।
वनक्षेत्रबाट पाइपमार्फत ल्याइएको पानी पहिरोले बगरफाँट सामुदायिक वनको विभिन्न तीन स्थानमा पाइप बिग्रेको बगरफाँट खानेपानी उपभोक्ता समितिका हेरालु तोपबहादुर कार्कीले बताए ।
केही दिनअघिदेखिको निरन्तर वर्षाका कारण तोराखेतको झाँक्रीस्थानको जमिन धाँजाधाँजा भएर चर्केको र त्यहीबाट आएको पहिरोले एक घर र दुई गोठ बगाइसकेको छ । तोराखेतका स्थानीय बासिन्दा टेकबहादुर मल्लले दिएको जानकारीअनुसार तोराखेतको कृषि सडकदेखि तल झाँकीस्थानसम्मको सम्पूर्ण जमिन तलतिर लच्केको छ भने बाटो माथिको जङ्गलसमेत तलतिर बग्न थालेकाले बगरफाँटको कुरुङ्दी र जरुवा क्षेत्रका करिब ५० घरपरिवार उच्च जोखिममा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण